मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी सेवा शुरु गर्ने

सोमबार, ३१ जेठ २०७८, १४ : २३
सोमबार, ३१ जेठ २०७८

कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ ।  कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपिडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोरोना भाइरस सङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आइसियु र ओपिडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्राडा. सङ्गीता भण्डारीले बताइन् । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा शुरु गर्न थालिएको हो । 

कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप