शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वामदेव र विष्णु पौडेलबीच चार घण्टा छलफल

सोमबार, ३१ जेठ २०७८, २० : ००
सोमबार, ३१ जेठ २०७८

एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ ।

दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ ।

‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीको भनाइ छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा परेको छ । त्यसका लागि ओलीले आफु निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप