रक्तदातालाई धन्यवाद दिँदै विश्व रक्तदाता दिवस मनाईँदै
काठमाडौं । रक्तदातालाई धन्यवाद दिँदै आज विश्व रक्तदाता दिवस मनाइएको छ । हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले ‘रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ नारालाई सार्थक बनाउन आज ३ हजार भन्दा बढी रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिडको महामारीमा सवैभन्दा बढी प्रभावित मुलुक नेपालका रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहेकोमा आभार व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का निर्देशक डा. रुणा झाले रगतको समुचित प्रयोग हुनुपर्ने कुरामा एनपीएचएल सचेत रहेको बताइन् । नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री दीपेन्द्र ढकाल, कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल, एनपीएचएलका सिनियर प्याथोलोजिस्ट डा. रेखा मानन्धरले दिवसकै अवसरमा आम रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
१५२ पटक रक्तदान गरेकी नीता घिरइया ३५ वर्षदेखि विभिन्न महादेशमा गई रक्तदान गर्दै आएकी अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्व माध्यामिक विद्यालयको पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम यूवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याङ्कहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइन् ।
सोमबार देशभरी नै दिवसको अवसरमा रक्तदान कार्यक्रम राखिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । नेपालमा २ लाखको हाराहारीमा नियमित रक्तदाता रहेको, महिला रक्तदाता १७ प्रतिशत मात्रै भएकोले शुलभ रगत हुनको लागि यूवा रक्तदाता र महिला रक्तदाताहरु बढाउन आवश्यकता रहेको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखेको मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम