शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्दैनः स्वास्थ्य मन्त्रालय

सोमबार, ३१ जेठ २०७८, १३ : १६
सोमबार, ३१ जेठ २०७८


कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि यसबारे चर्चा परिचर्चा भएको हो । 

अरविन्द सोनार नामका ती व्यक्तिले आफूले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् । उनले भिडियो नै बनाएर सोसल मिडियामा राखेपछि सो भिडियो भाइरल भएको छ  । भिडियोमा शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ । 
के कोभिड—१९ को खोप लगाएपछि साँच्चै शरीर चुम्बकीय बन्छ त ? स्वास्थ्य मन्त्रालयले कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।  
कोभिड—१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप