शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

सोमबार, ३१ जेठ २०७८, १३ : ०७
सोमबार, ३१ जेठ २०७८

बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३६ वर्षीय रामभरोसे थारुलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

उपचारका क्रममा जेठ २६ मा नेपालगञ्ज मेडिकल कलेजमा प्रेमी थारुको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न आरोपीलाई इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दियाका इन्सपेक्टर बीरेन्द्रसिंह थापाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रामभरोसेमाथि सवारी ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप