शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनद्वारा अफगानिस्तानलाई कोरोना विरुद्धको खोप हस्तान्तरण

सोमबार, ३१ जेठ २०७८, १२ : ३८
सोमबार, ३१ जेठ २०७८

चीनले दक्षिण एसियाको एक द्वन्द्वग्रस्त देश अफगानिस्तानलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको बताइएको थियो ।
 
आइतबार आयोजना गरिएको सो समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका बताइएको छ अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले सो खोप अफगानिस्तानको सरकारका स्वास्थ्य मन्त्री र प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नुभएको बताइएको छ ।
 
त्यस समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताएका थिए । राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताएका थिए ।

उनले विगतमा पनि समस्यामा परेका समयमा चीनले आफूहरुलाई धेरै सहयोग गर्दै आएको बताउँदै यसबाट अफगानिस्तान र चीन बीचमा राम्रो र सुमधुर सम्बन्ध रही आएको प्रमाणित हुने पनि बताएका थिए । त्यस समारोहमा चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए । उनले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि चीनले अफगानिस्तानलाई सहयोग जारी राख्ने  बताएका थिए ।

सो समारोहमा चीनले अफगानिस्तानलाई कति मात्रामा खोप दिएको थियो भन्ने बारेमा भने उल्लेख गरिएको छैन । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप