बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असार १ गतेदेखि राप्ती प्रतिष्ठानले आइसियू सेवा सुरु गर्ने

सोमबार, ३१ जेठ २०७८, ११ : ५२
सोमबार, ३१ जेठ २०७८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सूचारु गर्ने भएको छ । कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।
पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ ।
उसले आइसियू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको समेत उपचार सुरु हुने जानकारी दिएको छ ।

तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, जेष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप