हलमा ‘रुद्रप्रिया’ र ‘रानी’,कस्को होला पल्ला भारी ?
काठमाडौं – सधै शुक्रबार कुर्ने नेपाली चलचित्र चार्ड पर्वमा भने जुनै दिन पनि रिलिजमा आउने गरेका छन् । यस्तैमा दिपावलीको अवसर पारेर आजबाट दुई नेपाली प्रदर्शन उत्रिएका छन् । चलचित्र हुन् –‘रुद्रप्रिया’ र ‘रानी’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘रुद्रप्रिया’ र ‘रानी’सँग हलमा बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’ पनि प्रदर्शनमा आएके छ । अर्काे बलिउड चलचित्र ‘गोलमाल अगेन’ भोलीबाट प्रदर्शनमा आउनेछ ।
‘रुद्रप्रिया’ ः रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र हो । सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको रुदप्रिया रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो भने, यसको प्रस्तुकर्ता रेखा थापा नै हुन् । चलचित्रमा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकार पनि देख्न सकिन्छ ।
‘रानी’ ः पुराना निर्देशक दयाराम दाहालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा निर्मित यो चलचित्रमा अनुप विक्रम शाही, मलिना जोशी, मनिष सुन्दर श्रेष्ठ, शारुक ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका निर्माता विमलमान गुभाजु हुन् । पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन रहेको ‘रानी’मा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा