शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोरी मुद्दाका फरार व्यक्ति १० वर्षपछि पक्राउ

आइतबार, ३० जेठ २०७८, २० : २५
आइतबार, ३० जेठ २०७८

कैलालीमा १० वर्ष पछि चोरी मुद्दाका फरार व्यक्तिलाई पक्राउ परेका छन् छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ५० का गोविन्दराज अवस्थी रहेका छन् । उनी २०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाविस ७ मा यार्सागुम्बा लगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।

अवस्थीलाई तत्काल प्रहरी ले पक्राउ गरेको थियो । त्यसलगत्तै कैलाली जिल्ला अदालतको आदेशले धरौटीमा छुटेका उनलाई २०६८ असार ३१ गतेको फैसलाले ६ वर्ष कैद र ४५ लाख अठतीस हजार ५ सय ५० रुपैया जरिवाना सुनाएको विष्टले बताए ।

पुनरावेदन अदालत दिपायलको २०७० ११ फागुन ६ गतेको फैसला र सर्वोच्च अदालतको २०७६ साउन २७ गतेको फैसलाले पनि कैलाली जिल्ला अदालतकै फैसला लाई सदर गरेको विष्टले बताए । फरार रहेका अवस्थीको ५ वर्ष ११ महिना ३ दिन कैद र ४५ लाख ३८ हजार ५ सय ५० रुपैया जरिवाना बाँकी रहेकाले प्रहरीले खोजतलास गरिरहेको थियो ।

उनलाई जेठ २९ गते धनगढीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई आज कैलाली जिल्ला अदालत मा दाखिला गरी आवश्यक कैद भुक्तान र जरिवाना असुलीका लागी कैलाली कारागार पठाइएको विष्टले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप