कानुन विपरित मन्त्रिमण्डल विस्तार गरेको मुद्दामा सुदूरपश्चिम सरकारलाई झिकाउन सर्वोच्चको आदेश
आइतबार, ३० जेठ २०७८, १७ : ५८
सुदुरपश्चिम प्रदेशमा संविधानले तोकेभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागी विपक्षीलाई झिकाउने आदेश गरेको हो ।
असार ६ मा सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । कुल सांसद संख्याको बढीमा २० प्रतिशत मात्र मन्त्री बनाउन पाउने भएपनि मुख्यमन्त्री त्रिलोचन भट्टले ११ जनालाई मन्त्री बनाएका थिए । सुदूरपश्चिममा हाल ५२ जना सांसद छन् । कमलसिंह राना समेतले दायर गरेको रिटमा बहस गरेका अधिवक्ता सन्तोष भण्डारीले भने– ‘मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन ८४ बारे अलमल : माओवादीको तर्कमा एमालेको फरक मत
-
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
-
आलोचना खेपिरहेका हार्दिकलाई वसिमको ढाडस : यही मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्
-
नेपाललाई एआईपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर
-
सङ्घीय मामिला मन्त्रालयका २६ कर्मचारी ५ वर्षदेखि कामविहीन
-
रोशी गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग