सिरहामा कटुवा पेस्तोलसहित १ पुरुष पक्राउ
आइतबार, ३० जेठ २०७८, १६ : १३
सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । सिराहाको महेशपुर पतारबाट खटिएको प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित गणेशकुमार सिंहलाई पक्राउ गरेको हो ।
जिल्लाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । सिंहलाई महेशपुर पतार प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान