बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७ गुणा बढी मृत्युको दाबी गर्ने विदेशी मिडिया रिपोर्टमाथि भारतीय सरकारको यस्तो टिप्पणी

आइतबार, ३० जेठ २०७८, ११ : २३
आइतबार, ३० जेठ २०७८

भारतमा कोरोनाका कारण ज्यान गुमाएको सरकारी आँकडामाथि प्रश्न उठाउने विदेशी मिडिया रिपोर्टलाई भारतको सरकारले खारेज गरिदिएको छ । विदेशी मिडियाले भारतमा सरकारी आँकडाभन्दा वास्तवमा पाँचदेखि सात गुणा बढीको मृत्यु भएको दाबी गर्दै आएको छ । सरकारले रिपोर्टमा दिइएको आँकडालाई गलत बताएको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले नाम नलिइकनै उक्त रिपोर्टको निन्दा गरेका छन् ।

रिपोर्टले ६ राज्यमा १९ हप्ताभित्र हरेक १ लाखको जनसंख्यामध्ये १३१ देखि १८१ जनाको कोरोनाका कारण मृत्यु भएको दाबी गरेको छ । रिपोर्टका अनुसार यसलाई पूरा भारतमा लागू गरिने हो भने १९ हप्तामा १७ लाखदेखि २४ लाखको मृत्यु भएको हुनसक्छ ।

स्वास्थ्य मन्त्रालयले द इकोनोमिक्समा छापिएको आर्टिकललाई काल्पनिक र भ्रम फैलाउने बताएको छ । मन्त्रालयले भनेको छ, ‘रिपोर्टमा जुन तरिकाले महामारीको आँकडाको आँकलन गरिएको छ, त्यसको कुनै आधार छैन । कुनै पनि देशमा यस्तो तरिकाले आँकडाको अध्ययन गरिँदैन ।’

४ बुँदामा केन्द्रको स्पष्टिकरणः

१. रिपोर्टमा अनुसन्धान कुनै प्रणालीले गरिएको थियो भनेर बताइएको छैन । जबकी यस्तो प्रकारको इन्टरनेट अनुसन्धानका लागि रिसर्च गेट र पबमेडको सहायता लिइन्छ ।

२. रिपोर्टमा तेलंगानाको बीम दाबीलाई पनि आधार बनाइएको छ । यसमार्फत् पनि थाहा हुन्छ कि शोधको कुनै वैज्ञानिक आधार छैन ।

३. चुनावी नतिजाको विषयमा सर्वेक्षण गर्ने सी–वोटर र प्रश्नम जस्ता एजेन्सीको डाटाको पनि प्रयोग गरिएको छ । जबकी यी एजेन्सीलाई सार्वजनिक स्वास्थ्यसँग जोडिएका अनुसन्धानको कुनै अनुभव छैन । थुप्रै पटक उनीहरुको दाबी नतिजाभन्दा भिन्न पनि पाइएको छ ।

४. रिपोर्ट आफैले दाबी गरेको छ कि जुन अनुमान लगाइएको छ, स्थानीय सरकारी डाटा, केही कम्पनीको रेकर्ड र मृतकको रेकर्डबाट लिइएको हो । जसलाई विश्वसनीय मान्न सकिँदैन ।

स्वास्थ्य मन्त्रालयले सरकारले कोरोनाको डाटाको विषयमा पूरा पारदर्शिता अपनाइरहेको बताएको छ । कोरोनाबाट हुने मृत्युमा गडबडीबाट बच्नका लागि ती गाइडलाइनको पालना गरिँदैछ, जुन भारतीय चिकित्सा अनुसन्धान परिषदले मे सन् २०२० मा जारी गरेको थियो । मृत्युको सही रेकर्ड राख्नका लागि विश्व स्वास्स्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा जारी गरिएको आइसीडी–१० कोडको पालना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप