चेक गणतन्त्रकी बार्बोरा क्रेज्सीकोभालाई फ्रेन्च ओपन टेनिस
बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले फ्रेन्च ओपन टेनिस जितेकी छिन् । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा उनलाई फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराइन् ।
शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । क्रेज्सीकोभाले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्ना नोभोत्नालाई समर्पित गरिन् ।
२०१७ मा ४९ वर्षको उमेरमा क्यान्सरले नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्लाभ जितेको भनेर मलाई विश्वास छैन । मैले जानासँग उनको निधनअघि धेरै समय बिताएँ ।
उनले मलाई टेनिसमा मज्जा लिनु र ग्रान्ड स्लाम जित्न प्रयत्न गर्नु भनेकी थिइन् । मलाई थाहा छ उनले मलाई हेरिरहेकी छिन्,’ क्रेज्सीकोभाले भनिन् । उपाधि जितेसँगै अब क्रोज्सीकोभा विश्व वरियताको शीर्ष १५ भित्र आउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को