एरिक्सन होसमा नै छन् : डेनमार्क एफए
डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो अस्पतालमध्ये एक रिग्सहस्पिटालेटमा स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिएको छ ।
Christian Eriksen er vågen og er til yderligere undersøgelser på Rigshospitalet.
— DBU - En Del Af Noget Større (@DBUfodbold) June 12, 2021
Kampen er midlertidigt udsat. Ny melding kommer kl. 19.45.
यसअघि, यूईएफएले पनि एरिक्सनको अवस्था स्थिर रहेको जनाएको थियो । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको यूईएफएको भनाइ छ । एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको यसबारे थप जानकारी दिइने यूईएफएको भनाइ छ ।
शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।
तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै