शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री सोडारीलाई कारवाहीको माग

शनिबार, २९ जेठ २०७८, २० : ५६
शनिबार, २९ जेठ २०७८

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिनेपत्र बोकेर मन्त्रालयमा पुगेका सचिव रावललाई मन्त्री सोडारीले हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप