महाधिवेशनको कार्यतालिका संशोधन : काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
१४ औं महाधिवेशन सार्ने निर्णय अनुमोदनका लागि बैठक बोलाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय लिएको छ ।
यस्तै असार ५ गतेका लागि तय गरिएको वडा अधिवेशन पनि सारिएको छ भने पालिका, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनको मिति पनि सारिएको छ । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार यसअघि असार ५ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ ।
गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भदौँ १ र २ गते हुनेछ ।
पदाधिकारीले शंसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ । काँग्रेसमा आधिकारीक निकाय केन्द्रीय समिति मात्र भएकाले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्ने प्रचलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार