माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेताको हत्यामा प्रयोग भएको पेस्तोल बरामद
शनिबार, २९ जेठ २०७८, १८ : ११

कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ । कपिलवस्तु नगरपालिका–१ आनन्दबाग स्थित कैलाश टोलका पूर्ण वीर पाल्पाली उर्फ मैसिनको घरबाट कटुवा पेस्तोल बरामद गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित ३३ वर्षीय पूर्ण वीरलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु नगरपालिका–१ बस्ने माओवादी केन्द्रका जिल्ला सदस्य पाण्डेलाई जेठ ५ मा साकिर अलि पाखिया सहितको समूहले गोली हानेर हत्या गरेको थियो । हत्यापछि साकिरले आफूले चलाएको पेस्तोल पूर्ण वीरलाई राख्न दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प