शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

अवैध घरेलु हतियारसहित एक भारतीय नागरिक पक्राउ

शनिबार, २९ जेठ २०७८, १२ : ४७
शनिबार, २९ जेठ २०७८

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा  खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरेको काफ्लेले बताए । 

मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप