घर देउताको विषयमा दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु

महोत्तरीमा घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरा गाउँमा दाजुभाइबीच झगडा हुँदा दाइको कुटपिटबाट गम्भीर घाइते भएका भाइ लक्ष्मणको काठमाण्डौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अंशवण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कुटाकुट हुने गरेको थियो । तर, शुक्रबार ५० वर्षिय दाई रामचन्द्र साह र उनको परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइ लक्ष्मण साहलाई गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते लक्ष्मणको उपचार काठमाडौँस्थित अस्पतालमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
लक्ष्मणको शवको पोष्टमार्टम काठमाण्डौँमै भएको र भ्रमरपुरास्थित घरमा शव अन्त्येष्टिका लागि शुक्रबार बेलुका नै ल्याइएको महोत्तरी प्रहरीले जानकारी दिए ।
लक्ष्मणको मृत्यु भएपछि दाई रामचन्द्रसहित उनका परिवारसमेत फरार छन् भने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ समेत गरेको छ ।
फरार रहेका आरोपितहरुको खोजबिन र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म