पार्किङमा राखिएका सवारी साधन तोडफोड
शनिबार, २९ जेठ २०७८, ११ : ४७

दाङको लमहीमा पार्किङमा राखिएका सवारी साधन गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।
अज्ञात समूहले लमहीको विभिन्न स्थानमा पार्किङ गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको प्रहरीले जनाएको छ ।
उक्त समुहले रातको समयमा मिनी ट्रक, जिप ,वस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप तोडफोड भएको छ ।
प्रहरीले रातको समयमा तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
-
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
-
शीतल निवासमा 'फेमार' काटेर राष्ट्रपतिले सुरु गरे ग्याल्पो ल्होसार
-
प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति
-
लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?