शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन-कुन राशिका लागि शुभ ?

शनिबार, २९ जेठ २०७८, ०६ : ११
शनिबार, २९ जेठ २०७८

वि.सं.२०७८ साल जेठ २९ गते शनिबार । ईश्वी सन् २०२१ जुन १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि– द्वितीया,२३ घडी ३७ पला, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त तृतीया । नक्षत्र–आद्र्रा,२७ घडी ०५ पला,दिउसो ०३ बजेर ५९ मिनेट उप्रान्त पुनर्वशु । योग– गंड,०९ घडी २८ पला, बिहान ०८ बजेर ५७ मिनेट उप्रान्त वृद्धि । करण– बालव,बिहान ०६ बजेर ०० मिनेट उप्रान्त कौलव,बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३३ घडी ३२ पला । बालश्रम विरुद्ध दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ठ भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुशी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवनशैलि व्यास्त भएपनि आर्थिक रुपमा पछी नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट :चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागी अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप