शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामधुनीले चुम्यो घोडेटार गोल्डकपको उपाधि

बिहीबार, ०२ कात्तिक २०७४, ०८ : ५५
बिहीबार, ०२ कात्तिक २०७४

भोजपुर - हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप—२०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ । 

हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो । 

जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो । 

त्यसैगरी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्डले नगदको साथै प्रमाणपत्र पाएका छन् । 

असोज २६ गतेदेखि शुरु भएको खेलमा १९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप