बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह

शुक्रबार, २८ जेठ २०७८, १७ : ०७
शुक्रबार, २८ जेठ २०७८

नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।

सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन), अध्यादेश २०७८ अनुसार पुर्पक्षका लागि थुनामा राखी हदैसम्मको जरिवाना र कैद तोक्न समेत माग गरेको छ ।

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तिमा घाइते चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि क्षतिपूर्ति दिलाउन समेत माग गरिएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याइएको आइसोलसनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्वयमाथि बिहिबार साँझ १५–१६ जनाको समूहले आक्रमण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप