काठमाडौँ महानगरपालिकामा प्राथमिकता परेका नागरिक खोपबाट बञ्चित
![काठमाडौँ महानगरपालिकामा प्राथमिकता परेका नागरिक खोपबाट बञ्चित](https://rpcdn.ratopati.com/media/albums/china_vaccine_verocell_13_SmIsLUf08m.jpg)
सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ २५ गतेदेखि देशभर कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खाने दिने घोषणा गरेपछि महानगरले जेठ २५ गतेदेखि २९ जेठसम्म प्रत्येक वडाको खोप केन्द्रमा उमेर समूह छुट्टाएर खोप अभियान सञ्चालन गरेको थियो ।
काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकतामा राखी अभियान सुरु गरेपनि महानगरमा खोप अभाव कारण अभियानको २ दिन अगावै अभियान स्थगित भएको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सरकारबाट काठमाडौं जिल्लाले ६४ हजार खोप प्राप्त गरेपनि ३ दिनमै सकिएको उनले सुनाए । १ लाख ६६ हजार खोपको माग गरेपनि ६४ हजार मात्र खोप मात्रै सरकारले पठाएकाले खोप अभियान रोकिएको प्रवक्ता डंगोलले बताए ।
काठमाडौं जिल्लामा ४० र महानगरमा २८ हजार ४ सय ९६ जनाले खोप लगाएको उनको भनाइ छ । ६० देखि ६४ वर्ष उमेरका व्यक्ति काठमाडौंमा १ लाख ६६ हजार र काठमाडौं महानगरमा मात्र १ लाख ३ हजार जना छन् । १ देखि ३२ वटासम्म सञ्चालन भएका खोप अभियान अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको उनले बताए ।
परिवार कल्याण महाशाखाअनुसार चीन सरकारले अनुदान सहयोगमा दोस्रो पटक दिएको भेरोसेल खोप १० लाख डोज जनगणना अनुसारको जनसंख्यालाई आधार मानेर सातै प्रदेशमा पठाइएको थियो । सरकारले यसअघिको जनगणनाअनुसार प्रदेशहरू खोप पठाउँदा खोप अब काठमाडौं महानगरपालिकामा जस्तो देश अन्य भागमा पनि खोप प्राथमिकिकरण गरिएको उमेर समूहलाई नपुग्ने निश्चित जस्तै भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल