बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाद्वारा १५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पास

शुक्रबार, २८ जेठ २०७८, १६ : २२
शुक्रबार, २८ जेठ २०७८

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । 

आ.व. २०७६÷७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिइएको छ । 

उक्त वीमा शुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६.०७  वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
                                                                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप