प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल आयोजनाहरुको कपी पेष्ट दस्तावेज : काँग्रेस
प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएका आयोजनाहरुको कपी पेष्टको दस्ताबेज भएको टिप्पणी गरेको छ । काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सो टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शुक्रबार सहभागी हुँदै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतकै थोत्रा थाम्रा नारा समेटेर झूटका पुलिन्दाको रुपमा आएको बताए ।
प्रदेश सभासद कार्कीले सरकारले जानेर नै यो व्यवस्थालाई गाली गर्ने नीति तथा कार्यक्रम ल्याएको दाबी गरे । सरकारले कल्पना नै गर्न नसक्ने कार्यक्रमलाई समेटेर ल्याएको उनको आरोप थियो । ओली गुटको मुख्यमन्त्रीले ल्याएको नीति तथा कार्यक्रम उनीहरुकै नारा वरिपरि घुमिरहेको कार्कीले बताए । अहिले ल्याइएका कार्यक्रम कार्यान्वय गर्न खर्बौं रुपैयाँ लाग्ने भएकाले सरकारलाई यथार्थपरक कार्यक्रम ल्याउन समेत उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै