बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ

शुक्रबार, २८ जेठ २०७८, ११ : ३७
शुक्रबार, २८ जेठ २०७८

काठमाडौं । मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल  र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर भएका ६० वर्षीय अब्बास मियाँ छन् । 

बिहिबार बेलबारी–१० स्थित भाउन्ने जंगलमा धमला र भट्टराई सवार प्रदेश–१–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना पनि घाइते भए ।

नोवेल सामुदायिक अस्पतालमा उपचारका क्रममा प्रहरीले चेकजाँच गर्दा धमला र भट्टराईको साथमा ८ सय ९२ वटा नाइट्रोजन चक्की र १३ दशमलव ८६० ग्राम चरेस फेला परेको थियो । सो सामग्री अब्बास मियाँबाट खरिद गरेको  बयानका आधारमा प्रहरीले मियाँलाई घरबाट पक्राउ गरेको हो ।

मियाँको घरबाट प्रहरीले १ थान कटुवा पेस्तोल, नाइट्रोभेट चक्की ६ सय ट्याब्लेट र दुई बोतल लाइलेक्स डिसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप