आइसोलेसनमा बसेका संक्रमितमा मानसिक समस्या

“अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ” कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त भएकी भक्तपुरकी ५५ वर्षीया एक महिलाको यो भनाइ हो । सङ्क्रमित भएर एकान्तबासमा रहँदा नकारात्मक सोच आउने गरेको, मृत्युका समाचारले मनमा डर पैदा गर्ने गरेको र तनाव उत्पन्न हुने गरेको अनुभव उनको छ ।
सङ्क्रमणबाट मुक्त भएका धेरैको अनुभव पनि दुरुस्त छ । कोरोना सङ्क्रमणले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गर्ने विज्ञहरू बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यले भने, “कोरोना सङ्क्रमित भई संस्थागत तथा होम आइसोलेसनमा रहेका अधिकांश व्यक्तिमा यो समस्या देखिने गरेको छ ।”
उहाँले एकान्तबासमा रहँदा शारीरिक स्वास्थ्यको ख्याल गरे पनि मानसिक स्वास्थ्यका बारेमा ध्यान नदिँदा यस्तो समस्या आउने गरेको बताउँदै कोरोना सङ्क्रमण मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको र सङ्क्रमित वा अस्पताल भर्ना हुँदैमा केही हुन्छ कि भन्ने डरले मानसिक समस्या निम्त्याइरहेको बताए ।
उनले एकान्तबास बसेका र सघन कक्षमा उपचारपछि निको भएका व्यक्तिमा मानसिक समस्या देखिएको जानकारी दिए। यसलाई चिकित्सकीय भाषामा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिने गरिन्छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूतको स्वागत कार्यक्रम अन्तिम समयमा राजदूतले नै रद्द गरेपछि...
-
नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर : रक्षामन्त्री
-
बेलायतका लागि रुसी राजदूत भन्छन्– युक्रेनमा ताजा चुनाव आवश्यक छ
-
पूर्णबहादुरको गृहजिल्लामा शेखरको शक्ति प्रदर्शन
-
८० किलो चाँदीसहित समातिएका युवकविरुद्ध उच्च अदालतमा अभियोग दायर
-
माओवादीले किन बोलायो पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला ?