बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा, मूल्य २ हजार
काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरूका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री बितरण सुरु गर्न लागेको हो ।
जेठ २८ गते शुक्रबार दिउँसो २ बजेदेखि ५ बजे सम्म रिचार्जर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैंयाको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने रिचार्जरले जनाएको छ ।
१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्याउनेछ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउ बाट व्यागमा फेरी भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पुर्ण रि फिल गर्न सकिन्छ ।
रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैयाँका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउने छ । यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैंयामा उपलब्ध हुनेछ ।
गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइने कम्पनीले जनाएको छ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइन्ट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी