प्रदेश १ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।
गुरुयोजना अन्तर्गत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची प्रादेशिक अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नती गर्ने सरकारको तयारी छ । गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको स्थापना गरिने प्रदेश प्रमुख प्यासीद्धारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको योजना छ । यता, मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरलाई स्तरोन्नोति गरी आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने सरकारको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण