शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण

बिहीबार, २७ जेठ २०७८, १६ : ३३
बिहीबार, २७ जेठ २०७८

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल - माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको  प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । उनका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।

उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने भनिएको छ ।

मुख्यमन्त्री भट्ट माओवादीका हुन् । केही दिनअघि मुख्यमन्त्रीले विश्वासको मत लिँदा माधव नेपाल पक्षका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उनको पद जोगिएको थियो । यसअघि माधव पक्षले भट्टलाई मत नदिने ओली पक्षका सात सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

भट्ट नेतृत्वको सरकार ढाल्ने उदेश्यले गत जेठ १० गते एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप