शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भत्केको टहरामा ढलेका श्रीमान्, ६ जनाको परिवारको भयो बिचल्ली

बुधबार, ०१ कात्तिक २०७४, २१ : २७
बुधबार, ०१ कात्तिक २०७४

राधिका भुसाल
प्यूठान – भनिन्छ, ‘मान्छेले हेंला गरेर केही हुंदैन भगवानले साथ दिन्छन् तर, यहाँ कोही त्यस्तो भगबान बनेर देखिएनन्, जसले २ वर्षदेखि घाइते परिबारको मल्हम लगाएर निको पारे ।बरु, प्रकृति नै बज्र बनेर थपियो । 


२०७२ बैशाख २६ गतेका दिन दुर्घटनामा परी घाइते बनेका २६ वर्षिय श्रीमानको कम्मर तलको भाग चल्दै नचल्ने गरी टुक्रिएको पीडा त एकातिर थियो नै त्यस माथि भुकम्पले चर्काइदिएको घर भत्किएपछि  बेहाल बने परिबार । 


न त गाँस पाए न त बास नै गहभरी आँसुका धारा खसाल्दै गोमा केएमले भनिन्–‘शत्रु त सबैलाई लाग्छन् तर हामी माथि त दैव नै खनिएको छ ।’ 
प्यूठान नगरपालिका ३ विजयनगर घर भएका २८ वर्षका श्रीमान ज्ञान बहादुरको टहरामा अहिले कुनै कथानक चलचित्र भन्दा फरक दृष्य देख्न पाईदैन । ४ छोरी १ छोरा, बुढी आमा र आफुहरु श्रीमान श्रीमती बस्दै आएको घर वर्षातको पानीले भत्काइदिए पछि गोठमा बस्दै आएका उक्त परिवारले ऋण धन गरेर कहिले बिहान साँझ खान्छन् त कहिले भोक भोकै बस्न बाध्य छन् । 


भिसा आउँदा अस्पतालमा छट्पटिदै 
दुर्घटनामा परेको एक हप्तामै मलेसियाका लागि भिसा आउँदा आफु अस्पतालमा छट्पटीदै गरेको पीडा शब्दमा बयान गर्न नसकिने अपांङ्ग ज्ञान बहादुर केएमले बताए । ‘छोरा छोरीको भविश्य सोचेर ऋण खोजेर विदेश जाने अन्तिम तयारीमा थिए’– केएमले भने–‘दुर्भाग्य अहिले जीउँदो लास जस्तै दिनरात घर भित्र एउटै ओछ्यानमा बिताउने गरेको छु ।’

 
१५ लाख ऋण श्रीमतीको टाउको माथी 
आफु शारिरीक रुपले अपाङ्ग (कम्मर देखि तलको भाग नचल्ने) भएपछि शल्यक्रिया गर्न लागेको ८ लाख र अन्य खर्च गरी १५ लाख रुपैया श्रीमती गोमा केएमको टाउको माथि परेको छ । ५ छोरा छोरीकी आमा बनेकी २६ वर्षिय गोमा अहिले डेढ वर्षे छोरालाई झोलंगामा सुताएर दिनभर कामको खोजीमा भौतारिने गरेको उनकी जेठानी हेमन्ता महतराले बताइन । 
राहतमा घरबास र छोराछोरीको भविश्यको आश


पीडित केएम परिवारलाई अहिलेसम्म कुनै संघसस्था र सरकारी निकायबाट कुनै किसिमको  राहत नपाएको गुनासो गरेका छन् । स–साना नाबालकको पढाइ लेखाई र उनीहरुलाई साक्षर कसरी बनाउने भन्ने चिन्ताले पोल्ने गरेको ज्ञान बहादुरले बताए । जेठी छोरीले कक्षा चारमा, माइलीले कक्षा तीन, साइलीले कक्षा २ र  कान्छी छोरीले कक्षा १ मा पढ्दै आएका छन् भने  छोरा डेढ वर्षका छन् । 
 कुनै निकायले भत्केको घर बनाइदिने र छोराछोरीको भविष्य अर्थात शिक्षादिक्षा निः शुल्क गरिदिएमा जीउँदो आत्माले शान्ति पाउने उनको आशा छ ।
 

विद्यार्थीले घाउमा मलम लगाउदैं 
नेपाल राष्ट्रिय आधारभुत विद्यालय प्यूठान नगरपालिका ४ टारीका विद्यार्थीहरुले जुनियर रेडक्रस सर्कलबाट संकलित २ हजार बराबरको राहत सामग्री दिएका छन् । त्यस्तै मुक्ति माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटा प्युठानका विद्यार्थीहरुले पनि दाल, चामल, तेल लगायतका ३ हजार बराबरको खाद्यन्न राहत सामग्री उक्त परिवारलाई हस्तान्तरण गरेको छ ।

शिक्षक सुशील पोख्रेलको नेतृत्वमा मुक्ति माविका जुनियर रेडक्रस सर्लकका अध्यक्ष भुवन पाठक सहितको टोलीले पीडितको घरमै पुगी उक्त राहत दिएको हो । पाठकले भने– ‘सहयोग नै धर्म हो भन्ने भावलाई आत्मसात गर्दै हामी विद्यार्थीले पैसा उठाएर सानो सहयोग गरेका हौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप