चितवनमा गैँडाको खाग फेला
बिहीबार, २७ जेठ २०७८, १४ : ३९
पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।
कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याइएको छ । सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उनले जानकारी दिए । गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने