शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस ताप्लेजुङद्वारा उम्मेदवारको टुंगो

बुधबार, ०१ कात्तिक २०७४, २० : ४४
बुधबार, ०१ कात्तिक २०७४

ताप्लेजुङ – नेपाली काँग्रेसले ताप्लेजुङबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलबार बसेको काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको हो । बैठकको निर्णय अनुसार प्रदेशसभाअन्तर्गत क्षेत्र नं १ मा लीलादेवी बोखिम र २ मा दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार बनाउने भएको छ भने प्रतिनिधिसभामा केशवप्रसाद दाहालको नाम टुंगो लागेको छ । 

यता, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दिने सहमति भएको छ । यस्तै प्रदेशसभाका दुई क्षेत्रमध्ये क्षेत्र नं १ मा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका बलबहादुर साम्सोहाङ र २ मा माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप