दुइ दिनमै १५ घरमा चोरी, सुरुङ नै खनेर नगद गरगहनादेखि लुगा कपडासम्म गायब
रौतहट – चाडपर्वआएसँगै रौतहटमा चोर आंतंक फैलिएको छ । जिल्लाको विभिन्न क्षेत्रमा चारीका घटनाहरु बढेका छन् । दुुईदिन भित्रै १५ घरबाट लाखौं मुुल्य बराबरको धनमाल लुटिएका छन् ।
प्रहरीका अनुुसार मंगलवार राती गरुडा नगरपालिका वडा नम्बर ७ पिपरीयामा ४ घरमा सुुरुंग खनेर चोरी गरेको छ । सियाराम यादव, पहलाद पटेल, पनीलाल बैठा र सम्भुु पटेलको घरमा सुुरुंग खनेर करीव नगद, गरगहना तथा कपडा गरी दुुईलाख बराबरको धनमाल लुुटीलगेको प्रहरी निरिक्षक केशव रेग्मीले जानकारी दिनुु दिए ।
त्यसैगरी अघिलो राती चोरहरुले सुुरुगं खनेर नै मौलापुुर नपा १ मर्यादपुुर स्थित ६ घरबाट ६ लाख बराबरको धनमाल लगेको पिडितले बताए ।
त्यस्तै, चोरहरुले माधव नारायण नगरपालिकावडा नम्बर ७ लौकाहा टोल स्थित दुुई घरबाट सुुरुगं खनेर ३ लाख २५ हजार बराबरको नगद तथा गरगहना चोरी लगेको छ ।
त्यस्तै, कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रस्टोकास्थित तीन घरमा सुुरुंग खनेर करिब एकलाख बराबरको धनमाल र तीनवटा साईकल चोरेर लगेको जिल्लाले जनाएको छ ।
गौरस्थित चोरीको घटनामा संलग्न केही चोरलाई प्रहरीले चोरीको सामान सहीत पक्राउ गरेको छ । उक्त घटनामा संलग्न गरुडा नपा ७ पिपरियामा गएराती भएको चोरीमा संलग्न रहेको आशंकामा स्थानिय तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक केशव रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी