झापा चर्च विष्फोटनका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ
काठमाडौं– झापाको एक चर्चमा दुई वर्षअघि बम विस्फोट गराउने घटनाका मुख्य योजनाकारलाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको छ ।
मकवानपुरको साविकको हटिया गाविस– ५ घर भई हाल काठमाडौं महाराजगंज बस्ने ३९ वर्षका बिजय शर्मा भन्ने माधबप्रसाद भण्डारीलाई अपराध महाशाखाको टोलीले काठमाडौंको रामशाहपथबाट बुधबार पक्राउ गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । भण्डारी हिन्दु मोर्चा नेपालका केन्द्रीय संयोजकसमेत रहेको प्रहरीले जनाएको छ ।
भण्डारीले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न भनी संसदबाट संविधानमा व्यवस्था भएपछि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने दबाव स्वरूप र क्रिष्चियन धर्मकोविरूद्धमा २०७२ भदौ २८ गते राती ११ बजेर २० मिनेटको समयमा विस्फोट गराएका थिए ।
भण्डारीकै योजनामा झापाको साविकको खजुरगाछी गाविस ६ स्थितमा रहेको इमानुएल वेष्टर्न चर्चमा सकेट बम बिष्फोटन गराएर सर्बसाधारण मानिसलाई आतंकित पारी फरार भएको प्रहरीको भनाई छ । बुधबार पक्राउ परेका भण्डारीलाई विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कारवाही हुने प्रहरी प्रवक्ता उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य