शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अटेरी वकिलको कार्यलय सधै रित्तो, घरै घेर्न पुगे जनप्रतिनिधि

बुधबार, ०१ कात्तिक २०७४, २० : १४
बुधबार, ०१ कात्तिक २०७४

प्रेम सुनर
गुल्मी– आज बुधबार कार्यालय समय १० देखि ११ वजेसम्म गुल्मीको जिल्ला सरकारी वकिलको कार्यालय खुल्ला थियो तर, सवै कोठाका कुर्चिहरु खाली थिए ।

कुनै चोरले चोर्न चाहे सवै सामान चोरे पनि निकै सजिलो र एकान्त थियो । सेवाग्राही कराउन थालेको भन्ने सुईको पाउनसाथ एकजना कर्मचारी साँढे ११ वजेतिर लुत्त कार्यालय छिरेका थिए । लगत्तै अर्का कर्मचारी पनि आएका थिए । यो आजै बुधबार मात्र होइन । वाकिलको सरकारी कार्यलय सधैं यसरी नै चलिरहेको सेवाग्राहीले दुखेसो पोखे ।न खोजेको समय कसलाई भेटिन्छ, न भेटिएकाले सहज सेवा प्रदान गर्छन् ।

 आफु रातमा कामबाट फर्केर आउँदा थाकेको भन्दै कार्यालयमा काम गर्न आउन नमानेपछि  सरकारी वकिल रामचन्द्र उपाध्याय घिमिरेलाई घेराउ गर्न जनप्रतिनीधि र सेवाग्राहीहरु उनको निवास मैं  पुगेका थिए । र्दुई नम्वर प्रदेशको स्थानिय तहको निर्वाचनमा निर्वाचन अधिकृत भएर सप्तरीबाट हिजो साँझ  घिमिरे गुल्मी आईपुगेका थिए । 
 
उनलाई रेसुङ्गा नगरपालिका जनप्रतिनीधिहरुले घेराउ गरी सेवाग्राहीको काम लिएका हुन् । विहान दश वजे सरकारी वकिलको कार्यालयमा पुग्दा एक जना पनि कर्मचारी नपुेको र साढे ११ वजेसम्म सेवाग्राहीहरु कुरेर बसेपछि कार्यालय प्रमुखका रुपमा रहेका जिल्ला अधिवक्ता घिमिरेको खोजी गरेका थिए। 
   ९ जना दरवन्दी रहेकोमा ५ जना कार्यरत बताईएकोमा साढे ११ वजेपछि घेराउ गरेको थाहा पाएर दुईजना कर्मचारीहरु आई पुगेका थिए । जिल्ला अधिवक्ता घिमिरे आज थाकेर टाउको दुखेर निवासमा सुतेका छन् भन्ने थाहा पाउनसाथ जनप्रतिनिधीहरु घेरा हाल्न पुगेका थिए । 

जिल्ला प्रहरी कार्यालयले सवै काम सकेर मुक्त गर्न लागिएका हिरासतमा लिईएका केहि युवाहरुको सरकारी वकिलले गर्नु पर्ने काम नगरेपछि तिहारका जनतालाई यसो गर्न पाईन्छ भन्दै जनप्रतिनिधीहरु आक्रोषित भएका थिए । 

जनप्रतिनीधिहरु रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर १ का अखिलेश्वरप्रसाद पाण्डे., वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी ,२ का वडाध्यक्ष उदयबहादुर थापा लगायतका जनप्रतिनीधिहरु सहितका युवाहरुले घेराउ गर्दा आज दिनैभरी सरकारी वकिलको कार्यालय तनावग्रस्त बनेको थियो । 

  जनप्रनिधीहरु पुग्दा भेट गर्न  नमानेपछि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत रामचन्द्र पन्थी निवास मै पुगेका थिए । उनले पनि ढोका लगाएर सुतेको हुँदा भेट नगरी फर्केको बताए । 


  पछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र डिएसपी गंगाबहादुर थापा बीचको समन्वयमा हिरासतमा रहेका युवाहरुलाई आजै छाड्नका लागि सरकारी वकिलले गर्नुपर्ने काम निवासबाटै गरी दिने फोन मार्फत सरकारी वकिललाई भनेका थिए । सोही अनुरुप   प्रहरीले निवास मै लगेर सरकारी वकिललाई हस्ताक्षर गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप