शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौध दिनपछि गोविन्द केसीले अनसन तोडे

केसी र सरकारबीच दश बुँदे सहमति
बुधबार, ०१ कात्तिक २०७४, १९ : ३८
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ औं पटक अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले १४ दिनपछि अनसन तोडेका छन् । 

बुधबार नेपाल सरकारद्वारा गठित वार्ता समितिसँग केसीको १० बुँदे सहमति भएपछि उनले बुधबार बेलुका अनसन तोडेका हुन् । केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट पारित गर्ने सहमति भएको छ । त्यसका लागि यहि कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्ने सहमति भएको छ । 

सरकारले माग पूरा गर्ने बचन दिएपछि केसीले अनशन तोडेका हुन् । केसीको माग पूरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोनमा केसीसँग प्रतिवद्धता जनाएपछि सरकारी वार्ता समितिसँग १० बुँदे सहमति भएको हो । 

सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने लगायतका विषयमा केसीसँग सहमति भएको छ ।

डा केसीले पछिल्लो पटक गत १९ गतेदेखि १३ औं अनशन सुरु गरेका थिए । दशैं अघि नै अनसन शुरु गरेका केसीले दशैंका कारण जनाउँदै १२ औं अनसन तोडेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप