बर्दिवास प्रहरीले पटाका नष्ट गर्याे
निकेश खनाल
बर्दिवास – हिन्दुहरुको पर्व दिपावली र छठपर्व भित्रीएसंगै भारतीय सीमानाकाबाट ठूलो परिणाममा पटाका महोत्तरीमा भित्र्नेक्रम जारी छ । विष्फोटक पर्दार्थ भित्रन र बिक्री वितरण गर्न नदिन प्रहरी सचेत रहेपनि नियन्त्रण हुन सकेको छ्रैन । यसैगरी बर्दिबास प्रहरीले महोत्तरीको बर्दिबासबाट बुधबार ठूलो परिणाममा पटाका तथा विष्फोटक पर्दार्थ बरामदगरी नष्ट गरेको छ ।
प्रहरीले विशेष सुराकीको आधारमा बर्दिबास ८ हात्तीलेटका दिलिप कुमार यादवले बोकेर हिडेको २ वटा ठूलो झोला खानतलासी गर्दा झोलामा लुकाइ ल्याएको पटाका बर्दिबास बजारतिर ल्याउँदै गरेको अवस्थामा फेला पारेको छ । यसैगरी पटाका लुकाइ छिपाइ बिक्री गरेको अवस्थामा बर्दिबास बजारमा रहेको शम्भु सापकोटाको सापकोटा सप्लायर्सबाट २ बोरा पटाका बरामद गरेको छ ।
बरामद गरेको पटाका प्रहरी कार्यलयमा ल्याई पानी हालेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै