बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ७५१ मात्र

बुधबार, २६ जेठ २०७८, १९ : १५
बुधबार, २६ जेठ २०७८

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराएको छ ।

संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ २४ गते देखि असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप