शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राजदूत आए, प्रधानमन्त्री देउवा आएनन् (फोटो फिचरसहित)

बुधबार, ०१ कात्तिक २०७४, १९ : १९
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि भारतीय राजदूत मञ्जीवसिंह पुरी उपस्थित भए ।

दशैं, तिहार तथा छठपर्वको अवसरमा उपराष्ट्रपति पुनले बहादुर भवनमा आयोजना गरेको चियापानमा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अघि बढाउँदै चुनावी तालमेल गरेको एमाले नेताहरुले पनि उत्साहजनक उपस्थिति जनाए । राजनीतिक दलका नेताहरु तथा प्रधानसेनापछि राजेन्द्र क्षेत्रीदेखि कुटनीतिज्ञ, उच्च पदस्थ कर्मचारीहरु पनि उपस्थित थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, एमाले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायत चियापानमा सरिक भए । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने उपराष्ट्रपति पुनको चियापानमा उपस्थित भएनन् । पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच गठबन्धन कायम भएपछि प्रधानमन्त्री देउवा कांग्रेस र माओवादी नेताहरुप्रति रुष्ट छन् ।  

पुनको चियापान समारोहमा मन्त्रिपरिषद्का सदस्य पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका वरिष्ठ कर्मचारी, उद्योगपति, व्यापारी, समाजसेवीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति देखिन्थ्यो ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप