शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनेबामा ट्याक्सी दुर्घटना, २ जना गम्भीर घाईते

बुधबार, ०१ कात्तिक २०७४, १९ : १३
बुधबार, ०१ कात्तिक २०७४

घनश्याम गौतम  
गलकोट बागलुङ – गलकोट नगरपालिका बाड नं ११ रिघाको मनेबामा आज साझ वा १८ च ७३६ नं ट्याक्सी र्दुघटना भएको छ । 
र्दुघटनामा परि ट्याक्सीमा सबार २ जना गम्भीर घाईते भएको हटिया प्रहरी चौकीले जनाएको छ । घाईते हुनेमा गलकोट नगरपालीका बाड नं ९ का ६० बर्षिय पतिराम दर्जि र चालक बडिगाँउपालिका बाड नं ३ सिसाखानीका ४६ बर्षका तुलबहादुर घर्ति रहेको गलकोटका ट्राफिक प्रहरी महेन्द्र खत्रीले जनाकारी दिए ।

 

घाईतेको अहिले स्थानिय इर्मरजेन्सी पोलिकिल्नीक प्रा लि गलकोट हटियामा उपचार भैरहेको खत्रीले जनाकारी दिए । घाईते  दर्जिको खुट्टामा र घर्तिको टाउकोमा गम्भीर चोट लागेको पोलिक्लीनिकका डाक्टर हरिसिहं भण्डारीले जनाकारी दिए ।

हटियाबाट खरवाङ जाने क्रममा सो र्दुघटना भएको स्थानियको भनाई छ । ट्याक्सी सडकबाट करिब १सय ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप