शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खोप खरिदका लागि बाटो खोलिदिन मन्त्री राईको आग्रह

बुधबार, २६ जेठ २०७८, १७ : २१
बुधबार, २६ जेठ २०७८

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि बाटो खोली दिन संघीय सरकारलाई आग्रह गरेकी छिन् । खोप कार्यक्रममा विलम्ब भएको भन्दै उनले प्रदेश सरकारको बजेट मार्फत खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन आग्रह गरेकी छिन् । कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गर्छु’ मन्त्री राईले भनिन्, ‘भर्चुअल बैठक आफ्ना कुरा राख्दै मन्त्री राईले भनिन्, ‘केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’ 
कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेको अवस्थामा आम नागरिकलाई खोप नै सुरक्षाको भरपर्दो स्रोत भएकाले खोप व्यवस्थापनमा प्रदेश सरकार लाग्ने तर्फपनि उनले जानकारी गराएकी छिन् । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो । 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशका ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप १४ का नागरिकलाई लगाइएको हो । यसअघि भारतबाट आएको कोभिड सिल्डको ६६ हजारले पहिलो मात्र र ११ हजारले दोश्रो मात्रको खोप लगाएको स्वास्थ्य कार्यालय मोरङ खोप अधिकृत रमानन्दन यादवले बताए । प्रदेशका १४ जिल्लामा करिब ४५ लाख जनसंख्या रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप