झापामा अक्सिजन बैंक सञ्चालन
झापामा आजदेखि अक्सिजन बैंक सञ्चालनमा आएको छ । ‘एकका लागि एक’ अभियान झापाले सञ्चालन गरेको अक्सिजन बैंकको बुधबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।
देशका अधिकांश ठुला तथा साना अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीको मृत्यु हुन थाले पछि अभियानले अक्सिजन बैंक स्थापनाका लागि सहयोग आह्वान गरेको थियो । छोटो समयमा नै अभियानले जनस्तरबाट ८ सय ९० सिलिन्डर बापतको रकम संकलन गरेको थियो । उद्घाटनकै दिन झापाली अन्तर्राष्ट्रिय समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख उपलब्ध गराएको अभियानका संयोजक महेन्द्र गिरीले बताए ।
तीन सय सिलिण्डरबाट बैंकको शुरुवात गरिएको र चाडैं दुई सय सिलिण्डर आइपुग्ने गिरीले जानकारी दिए । तत्काल ५ सय सिलिन्डरले अक्सिजन आपूर्तिमा कमि नहुने भए बाँकी रकम कोरोना नियन्त्रणका अन्य कार्यहरुमा खर्च गरिने बताउँदै गिरीले कोरोनाको महामारी यथावत रहे १ हजार १ सय सिलिण्डर खरिद गर्ने बताए ।
बैंकमा रहेका सिलिण्डर आठ सय रुपैयाँ रिफिल शुल्क लिएर दिइने गिरीले जानकारी दिए । घरमै रहेर उपचार गर्नुपर्ने दीर्घ रोगी, होम आइसोलेसनमा बसेका ब्यक्तिहरुलाई बैंकले प्राथमिकता दिने गिरीको भनाई छ । अस्पतालहरुमा अक्सिजन अभाव भए प्रमुख जिल्ला अधिकारीको निर्देशनमा त्यस्ता अस्पताल तथा पालिकाहरुले संचालन गरेका आइसोलेसन सेन्टरहरुमा सिलिन्डर दिइने गिरीले बताए ।
बैंक साहारा नेपालको चारपाने स्थित कार्यालयमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री