शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

बुधबार, २६ जेठ २०७८, १७ : ०२
बुधबार, २६ जेठ २०७८

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिन्डर उत्पादन गर्ने बताइएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप