शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिल्लो भाँडाकुडा पनि मज्जाले सफा गर्ने सीजीका डिशवासर बजारमा

बुधबार, २६ जेठ २०७८, १६ : ३७
बुधबार, २६ जेठ २०७८

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र नं. १ ब्रान्ड सी.जी.ले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिशवासर ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकैनै आकर्षक र सजिलै चलाउन सकिने डिशवासर ल्याएको कम्पनीले जनाएको छ ।

यी डिशवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाउन सकिने कम्पनीले जनाएको छ । यसमा डिस्प्ले स्क्रिन तथा टच बटनहरु भएको हुनाले यी डिशवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीको दावी छ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरूलाई सफा गर्न सकिन्छ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजी, बी.एल.डी.सी. टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफलोड अप्सन रहेका छन् । 

यसमा अटो डोर टेक्नोलोजी पनि रहेको छ । यो विशेषताको कारण अब धेइसकेको भाँडाहरूलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धोइ सकेपछि अटोमेटिक ढोका खुल्छ र भित्र रहेका बाफलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई सुकाउन सक्छ । 

डिउल प्रो वासको मद्दतले भाँडालाई २ वटा छुटाछुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै यसमा जेट वास विशेषता पनि रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । अब डिशवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेन्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी पाउन सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप