बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‎कतार एयरवेजले ‘युुएफा यूरो २०२० पोडकास्ट’को प्रायोजन गर्ने

बुधबार, २६ जेठ २०७८, १४ : २८
बुधबार, २६ जेठ २०७८

दोहा । ‎कतार एयरवेजले ‘युुएफा यूरो २०२० पोडकास्ट’को प्रायोजन गर्ने भएको छ ।  विशिष्ट फुटबल खेलाडी, विशेषज्ञ र सेलिब्रेटीहरूको एक टोलीले प्रतियोगिताको आधिकारिक एयरलाइन प्रायोजक कतार एयरवेजको सहयोगमा प्रस्तुत गरिने आधिकारिक युुएफा यूरो २०२० पोडकास्ट ‘द यूरो शो’ मा भाग लिनेछ ।

उक्त पोडकास्ट विशेषज्ञहरूको विश्लेषण, पर्दा पछाडिको अन्तर्वार्ता, टीम अपडेट र अन्य धेरै प्रस्तुति सहित सबै मुुख्य वेब, मोबाइल एप र सोशल मिडिया प्लेटफर्ममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

फुटबल प्रशंसकहरूले पछिल्लो जानकारी प्राप्त गर्नेछन् र आफ्नै सोसल मिडिया खातामा शेयर गर्दै अन्य फुटबल प्रशंसकहरूसँग कुराकानी गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप