शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अबैध पाँच औंलेसहित २ जना आरुघाटबाट समातिए

बुधबार, ०१ कात्तिक २०७४, १७ : ५०
बुधबार, ०१ कात्तिक २०७४

गोरखा– अबैध पाँच औंलेसहित २ जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय आरुघाट गोरखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ना १ ख १८९ नम्बरको बसमा लैजादै गरेको अवस्थामा ६० किलो पाँच औंले बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

प्रहरीले पाँचऔँले तस्करी गर्दै गरेका सोही बसमा सवार आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थायी घर भएका ४९ वर्षीय कमल गुरुङ र बसका चालक सोही ठाउँका सपतबहादुर मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मंगलबार आरुघाट गाउँपालिका वडा नं. ५ सिमखोलास्थित सडकखण्डमा सोतीबाट आरुघाटतर्फ आउदै गरेको बसमा राखेर ल्याउदै गर्दा प्रहरीले पाँचऔलेँसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप