बूढानीलकण्ठका १,४०९ ले लगाए भेरोसेल खोप
बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।
वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप बुधबार र बिहीबार पनि लगाइने कार्यक्रम छ ।
यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिसिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । भारतले कोभिसिल्डको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिनेबारे अन्योल छ ।
नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म यहाँका दुई हजार २८४ जनामा कोरोना पुष्टि भइसकेको छ । आज मात्रै कोरोनाका ६३ नयाँ केस भेटिएका छन् । यद्यपि संक्रमितमध्ये एक हजार ८३७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।
अब नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४२८ छ । तीमध्ये ३९० जना होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ । कोरोनाबाट नगरपालिकामा हालसम्म १९ जनाको मृत्यु भइसकेको वडा नं १० का वडाध्यक्ष भट्टराईले जानकारी दिए । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार ज्यान गुमाउनेमा आठ महिला र ११ पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा