बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा राती १० बजेपछि देउसीभैलो खेल्न नपाइने

बुधबार, ०१ कात्तिक २०७४, १६ : २७
बुधबार, ०१ कात्तिक २०७४

रामहरि श्रेष्ठ 
ओखलढुंगा–ओखलढुंगामा राती १० बजपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक सूचना जारी गर्दै रातको १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको हो । 
यदी रातको १० बजेपछि समेत देउसीभैलो खेल्नुपर्ने भए स्थानिय प्रशासन संग अनुमती लिएर मात्र खेल्नु पर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

तिहारको समयमा खेलीने देउसीभैलोका कार्यक्रमहरु प्रशासनको निर्देशन बिपरित खेलिएको पाईए कारवाही गरिने समेत उनले बताए । 
त्यस्तै पर्वको सामयमा बिभिन्न पटका जन्य पदार्थ तथा आतिशबाजी जन्य क्रियाकपाल नगर्न पनि भनिएको छ । चाडपर्वको समयमा स्थानिय प्रशासन र जिल्ला प्रहरी कार्यलयले निगरानी बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप